Rumpum Advertisement
Dazzu

सिरी ‘ए’ : इन्टर बराबरीमा रोकियो

सिरी ‘ए’ : इन्टर बराबरीमा रोकियो

विराटनगर, १६ कात्तिक । इटालियन सिरी ‘ए’मा इन्टर मिलान बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा इन्टरले पर्मासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

इन्टरको मैदानमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औं मिनेटमा गर्भिन्होले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए ।

६२औं मिनेटमा गर्भिन्होले दोस्रो गोल गर्दै पर्माको अग्रता दोब्बर बनाए । खेलको ६४औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको इन्ज्युरी समयमा इभान पेरिसिकले गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।

बराबरीसँगै पाँचौं स्थानको मिलानले ६ खेलबाट ११ अंक जोडेको छ । १६औं स्थानको पर्माले ५ अंक जोडेको छ ।