Rumpum Advertisement
Dazzu

हुमेल्स चम्किँदा डर्टमुण्डको जित

हुमेल्स चम्किँदा डर्टमुण्डको जित

विराटनगर, १६ कात्तिक । जर्मन बुन्डेसलिगमा बोरुसिया डर्टमुण्डले अर्मिनियामाथि जित दर्ता गरेको छ । शनिबार राति डर्टमुण्डले अर्मिनियालाई उसैको मैदानमा २–० गोलले हराएकाे हो ।

डर्टमुण्डको जितमा दुवै गोल माट्स हुमेल्सले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा हुमेल्सले गोल गर्दै डर्टमुण्डलाई सुरुआती अग्रता दिलाए ।

खेलको ७१औं मिनेटमा उनले दोस्रो गोल गर्दै डर्टमुण्डलाई जिताए ।

जितसँगै डर्टमुण्डले ६ खेलबाट १५ अंक जोडेको छ । ऊ अंक तालिकाको दोस्रो स्थानमा छ । अर्मिनिया भने ४ अंकसहित १४औं स्थानमा छ ।