Rumpum Advertisement

वेस्ट ह्यामलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

वेस्ट ह्यामलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

विराटनगर, १६ कात्तिक । इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले साघुँरो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याममाथि २–१ गोलको जित निकालेको हो ।

लिभरपुलको मैदानमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह र डिएगो जोटाले समान एक–एक गोल गरे । वेस्ट ह्यामका पाब्लो फर्नाल्सले एक गोल गरे ।

खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । दसौं मिनेटमा फर्नाल्सले गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाए ।

४२औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । खेलको ८५औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १६ अंक जोडेको छ । वेस्ट ह्याम भने ८ अंकसहित १३औं स्थानमा छ ।