Rumpum Advertisement
Dazzu

आईपीएल : हैदराबादले बैंग्लोरलाई हरायो

आईपीएल : हैदराबादले बैंग्लोरलाई हरायो

विराटनगर, १६ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले छैटौं जित निकालेको छ । शनिबार राति भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकालेको हो ।

सारजाह क्रिकेट मैदानमा बैंग्लोरले दिएको १२१ रनको लक्ष्य पछ्याएको हैदराबादले १४.१ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

हैदराबादका लागि रिद्धिमान शाहले ३९ रन बनाउँदा मनिष पाण्डे र जासन होल्डरले समान २६ रन बनाए ।

कप्तान डेभिड वार्नर ८ रनमा आउट हुँदा केन विलियम्सन र अभिषेक शर्माले पनि समान ८ रन नै जोडे ।

बैंग्लोरका युजभेन्द्र चाहलले २ विकेट लिँदा नभदीप सैनी र वासिंगटन सुन्दरले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १२० रन बनाएको थियो ।

बैंग्लोरका लागि जोस फिलिपेले ३२ रन जोड्दा एबी डी भिलियर्सले २४ रन बनाए । वासिंगटन सुन्दर २१ रनमा आउट हुँदा गुर्किरात सिंहले अविजित १६ रन बनाए । कप्तान विराट कोहली ७ रनमा आउट भए ।

हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले समान २–२ विकेट लिए भने रशिद खान, शबाज नदीम र टि नटराजनको नाममा १–१ विकेट रह्यो ।

जितसँगै हैदराबाद १३ खेलबाट १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लियो । उसले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । अब हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

यता, तालिकाको दोस्रो स्थानमा रहेको बैंग्लोरले १३ खेलबाट १४ अंक जोडेको छ । बैंग्लोरलाई पनि प्ले अफ पुग्नका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । बैंग्लोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।