Rumpum Advertisement

सहज जित निकाल्दै चेल्सी चौथो स्थानमा

सहज जित निकाल्दै चेल्सी चौथो स्थानमा

विराटनगर, १६ कात्तिक । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित दर्ता गरेको छ । शनिबार राति चेल्सीले बर्नेलीमाथि ३–० गोलको सहज जित दर्ता गरेको हो ।

बर्नेलीको मैदानमा चेल्सीका लागि हाकिम जियाच, कर्ट जौमा र टिमो वेर्नरले समान एक–एक गोल गरे ।

चेल्सीले जियाचको गोलमा सुरुआती अग्रता बनाएको थियो । २६औं मिनेटमा ट्यामी अब्राहमको पासमा जियाचले गोल गर्दै चेल्सीलाई पहिलो हाफभरि अग्रता दिलाए ।

खेलको ६३औं मिनेटमा जौमाले मासुन माउन्टको असिस्टमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । त्यसको सात मिनेटपछि वेर्नरले जियाचको पासमा गोल गर्दै चेल्सीलाई ३–० गोलको जित दिलाए ।

जितसँगै चेल्सीले ७ खेलबाट १२ अंक जोड्यो । पुछारमा रहेको बर्नेलीसँग एक अंक छ ।