Rumpum Advertisement
Dazzu

पीएसजीको सहज जित

पीएसजीको सहज जित

विराटनगर, १६ कात्तिक । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसमाथि ३–० गोलको सहज जित दर्ता गरेको हो ।

नान्टेसको मैदानमा पीएसजीलाई जिताउन एन्डर हेरेर्रा, किलियन एम्बाप्पे र पाब्लो सराबियाले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४७औं मिनेटमा हेरेर्राले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । उनले एम्बाप्पेको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

७०औं मिनेटमा नान्टेसले पनि पेनाल्टी प्रहार गर्ने मौका पायो । तर, कादर बाम्बाले उक्त अवसर खेर फाले ।

खेल सकिन दुई मिनेट बाँकी छँदा सराबियाले गोल गर्दै पीएसजीलाई ३–० गोलको सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानको पीएसजीले ९ खेलबाट २१ अंक जोडेको छ । १५औं स्थानको नान्टेसको भने ८ खेलबाट ८ अंक छ ।