Rumpum Advertisement
Dazzu

बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो

विराटनगर, १६ कात्तिक । स्पेनिस ला लिगामा बार्सिलोना र अल्भेसले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना र अल्भेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अल्भेसको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३१औं मिनेटमा लुइस रोजाले गोल गर्दै अल्भेसलाई पहिलो हाफभरि अग्रता दिलाए ।

खेलको ६२औं मिनेटमा घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो । अल्भेसका जोटाले रातो कार्ड पाउँदै मैदानबाट बिदा लिएका थिए ।

६३औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा दुवै टोलीले १–१ अंक बाँडे ।

बराबरीसँगै १२औं स्थानको बार्सिलोनाले ६ खेलमा ८ अंक जोडेको छ । अल्भेस भने समान अंकसहित १३औं स्थानमा छ । अल्भेसले बार्सिलोनाभन्दा दुई खेल बढी खेलेको छ ।