Rumpum Advertisement

रियल मड्रिडको शानदार जित

रियल मड्रिडको शानदार जित

विराटनगर, १५ कात्तिक । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले हुएस्कामाथि ४–१ गोलको शानदार जित निकालेको हो ।

रियलको मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले २ गोल गर्दा इडेन हाजार्ड र फेडे भाल्भेर्डेले समान १–१ गोल गरे । हुएस्काका डेभिड फेरेर्रियोले एक गोल फर्काए ।

रियलको प्रशिक्षण मैदान स्टेडियो डी अल्फ्रेडोमा हाजार्डले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । हाजार्डले खेलको ४०औं मिनेटमा भाल्भेर्डेको पासमा गोल गरेका थिए ।

यस्तै खेलको ४५औं मिनेटमा लुकास भास्क्वेजको पासमा बेन्जेमाले गोल गर्दै रियललाई पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।

५४औं मिनेटमा भाल्भेर्डेले बेन्जेमाको पासमा गोल गर्दै रियलको अग्रता तेब्बर बनाए । ७४औं मिनेटमा हुएस्काका फेरेर्रियोले गोल फर्काए ।

खेलकाे ९०औं मिनेट बेन्जेमाले दोस्रो गोल गर्दै रियललाई शानदार जित दिलाए ।

जितसँगै शीर्ष स्थानको रियलले ७ खेलबाट १६ अंक जोडेको छ । हुएस्काले भने ८ खेलबाट ५ अंक जोडेको छ । ऊ अंक तालिकाको १८औं स्थानमा छ ।