Rumpum Advertisement
Dazzu

काठमाडौंमा थपिए १३५७ संक्रमित

काठमाडौंमा थपिए १३५७ संक्रमित

विराटनगर, १५ कात्तिक । काठमाडौं उपत्यकामा थप १३५७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा ५६९ महिलार ७८८ पुरुषमा संक्रमण देखिएको हो ।

यो सँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेका छन् । ती मध्ये १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ छ ।