Rumpum Advertisement
Dazzu

एक लाख ७० हजार नाघे संक्रमित

एक लाख ७० हजार नाघे संक्रमित

विराटनगर, १५ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।

शनिबार थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको हो ।

देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कुल संक्रमित मध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण ९३७ जनाको मृत्यु भएको छ ।