Rumpum Advertisement
Dazzu

भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर महिलाको मृत्यु

डोटी, १५ कात्तिक । दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बाख्रा घर आए पनि शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर बिष्टले जानकारी दिए ।