Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणबाट वृद्धको मृत्यु

कोरोना संक्रमणबाट वृद्धको मृत्यु

झापा, १५ कात्तिक । कोरोना संक्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय संक्रमित वृद्धको मृत्यु भएको हो ।

गत कात्तिक ६ गते संक्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । मृतक मुटुरोगी थिए । गौरीगञ्जमा पहिलोपटक संक्रमितको मृत्यु भएको हो । यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।