Rumpum Advertisement
Dazzu

एक लाखको पटका बरामद

एक लाखको पटका बरामद

झापा, १५ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१५ हल्दिबारीस्थित एरियाबाट एक लाख मूल्य बराबरको अतिसबाजी (पटका) बरामद गरिएको छ ।

सो क्षेत्रमा पटकाहरु लुकाईछिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ एक लाख मूल्य बराबरको विभिन्न ब्राण्डका पटका बरामद गरेको हो ।