Rumpum Advertisement

करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

उदयपुर, १५ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुर बस्ने ३८ वर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रीता बेहोस भएकी थिइन् । बेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।