Rumpum Advertisement

यस्तो छ तीन दिनको मौसम अनुमान

यस्तो छ तीन दिनको मौसम अनुमान

विराटनगर, १५ कात्तिक । आगामी तीन दिन देशका अधिकांश स्थानको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आइतबार दिउँसो प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार दिउँसो देशका पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।