Rumpum Advertisement
Dazzu

निर्वाचनअघि अमेरिकामा एकै दिन थपिए एक लाख संक्रमित

निर्वाचनअघि अमेरिकामा एकै दिन थपिए एक लाख संक्रमित

विराटनगर, १५ कात्तिक । अमेरिकामा एकै दिन एक लाख एक हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

कोरोना प्रभावित देशहरुको सूचीको पहिलो स्थानमा रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा एकलाख एक हजार ४६१ कोरोना संक्रमित थपिएका हुन ।

राष्ट्रपति निर्वाचनको मुखमा रहेको अमेरिकामा थप भएको संख्या दैनिक सक्रमण संख्यामा उच्च हो । अमेरिकामा ३ नोबेम्भरमा राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जे वाइडनबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

वल्डोमिटरको तथ्याङकअनुसार पछिल्लो २४ घण्टामा विश्वमा पाँच लाख ७३ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ७ हजार ४९० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४८ हजार, ब्राजिलमा २३ हजार, रसियामा १८ हजार, फ्रान्समा ४९ हजार स्पेनमा २५ हजार कोरोना संक्रमित थपिएका छन् ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या चार करोड, ५८ लाख ९२ हजार नाघेको छ । संक्रमणका कारण ११ लाख ९३ हजारको मृत्यु भएको छ । ३ करोड ३२ लाख ४३ हजार कोरोना संक्रमणमुक्त भएका छन् ।