Rumpum Advertisement
Dazzu

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर, १४ कात्तिक । कारको ठक्करबाट चितवनमा एकजनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।