Rumpum Advertisement
Dazzu

झापाको सामुदायिक वन भित्र हात्ती मृत भेटियो

झापाको सामुदायिक वन भित्र हात्ती मृत भेटियो

झापा, १४ कात्तिक । झापामा जंगली हात्ती मृत भेटिएको छ । उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका वडा– ५ स्थित पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत फेला परेको हो ।

स्थानीयवासीले आज अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए ।

मृत हात्ती गाड्नका लागि पशु चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

गत २२ असोजमा सोही जंगल क्षेत्रमा आँखा फुटेको सोही हात्तीलाई पशु चिकित्सकको टोलीले बेहोश बनाएर उपचार गरेको थियो ।

स्थानीयवासीले तीखो भाला रोपेर शरीरका विभिन्न अंगमा गहिरो चोट पुर्याएको उक्त हात्ती बचाउन त्यसबेला चितवनबाट पशु चिकित्सक टोली झापा आएको थियो । रासस