Rumpum Advertisement
Dazzu

आठ दिनपछि नेकपा नेता चौरसियाको अन्त्येष्टि

आठ दिनपछि नेकपा नेता चौरसियाको अन्त्येष्टि

पर्सा, १४ कात्तिक । कुटपिटका करण मृत्यु भएको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको अन्त्येष्टि भएको छ ।

आफन्तले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि चौरसियाको परिवारले अन्त्यष्टि गरेको हो ।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।