Rumpum Advertisement
Dazzu

विराटनगरमा १४७ सहित प्रदेशमा ५६९ जना संक्रमित थपिए

विराटनगरमा १४७ सहित प्रदेशमा ५६९ जना संक्रमित थपिए

विराटनगर, १४ कात्तिक । प्रदेश १ मा शुक्रबार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्बुमा २, पाँचथर, खोटाङ र तेहथुममा १–१ र प्रदेश १ बाहिरका २६ जनामा कोरोना पुष्टि भएको हो ।

विराटनगरमा ६१ महिला र ८६ पुरुष गरी १४७ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९, सुनवर्षीमा ८, ग्रामथानमा ७, बूढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै झापाको दमकमा ७५, बिर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४–४, शिवसताक्षी र हल्दिबारीमा ३–३, बाह्रदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहवी, गढी, बर्जु र देवानगञ्जमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५, धनकुटाको धनकुटा नगरपालिकामा ३ र शहिदभूमिमा १, भोजपुरमा ३, सोलुखुम्बुको सोलुदुधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्वा र तेह्रथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९५३ पुगेको छ । प्रदेश १ मा आज ६१९ जना डिस्चार्ज भएका छन् ।

होमआइसोलेशनबाट ५९५, मेची अस्पतालबाट १३, न्यूरो अस्पतालबाट ८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ७९८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।