Rumpum Advertisement
Dazzu

अमेरिकी निर्वाचन २०२० : हालसम्म कति अमेरिकीले मतदान गरिसके ?

अमेरिकी निर्वाचन २०२० : हालसम्म कति अमेरिकीले मतदान गरिसके ?

विराटनगर, १४ कात्तिक । तोकिएको निर्वाचन समय अगाडि मतदाता स्वयम् उपस्थित भएर प्रारम्भिक मतदान गर्नु फिनल्याण्ड र क्यानडामा सामान्य मानिन्छ, जबकि स्वीजरल्याण्ड, जर्मनी र युकेमा हुलाकद्वारा पठाइने मतदान मात्र स्वीकार गरिन्छ ।

तर अमेरिकामा ३ नोभेम्बर अगाडि नै डाँक माध्यमद्वारा वा मतदाता स्वयम् उपस्थित भएर आफ्नो मत दिनपाउनेछन् । समय अगाडि दिइने मत पहिलेको तुलनामा हरेक वर्ष विस्तारै बढ्ने क्रममा छ । २०१६ को राष्ट्रपति निर्वाचनमा प्रारम्भिक मतदान गर्ने व्यक्तिहरूको संख्या १९९२ मा २४ वर्षअघि मतदान गर्नेभन्दा पाँच गुणा बढी थियो ।

यो वर्ष कोभिड–१९ महामारीले सबै क्षेत्रमा असर गरिरहेको बेलामा, अमेरिकाको ५० राज्यमा मतदाताहरूले आफ्नो मतदानअघि निर्वाचनको मिति अघि दिन थालेका छन् । तीमध्येमा राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं थिए, जसले शनिबारको दिन आफ्नो मत खसाली सके । तर विश्वव्यापी रूपमा यसरी दिइने मतदान लोकप्रिय भइसकेको छैन ।

हालसम्म कति अमेरिकी नागरिकले मतदान गरिसके ?

अमेरिकी निर्वाचन परियोजनाका अनुसार अक्टोबर २९ तारिखसम्म ८ करोड अमेरीकी नागरिकहरूले आफ्नो मत निर्वाचन मितिअघि खसालिसके । मतदाताहरूले आफ्नो सहजताअनुसार उपलब्ध विभिन्न माध्यमद्वारा आफ्ना मत दिने कार्य गरिरहेका छन् । उक्त मत २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा खसेको मत संख्याभन्दा बढी हो ।

सबै राज्यमा खसेको मत संख्या ट्रयाकिङ फ्लोरिडा विश्वविद्यालयका प्रध्यापकमा इकल म्याकडोनाल्डद्वारा सञ्चालित साइटमा उपलब्ध हुन्छ । यस गणनाअनुसार अहिलेसम्म टेक्सास राज्यमा मात्र ८५ लाख मानिसहरूले प्रारम्भिक मतदान गरिसकेका छन्, जुन संख्या २०१६ मा भएको निर्वाचन पूर्ण मतदाताहरूको नजिक पुगेको छ ।

यसपश्चात क्यालिफोर्निया अर्को राज्य हो जहाँ ८४ लाख मानिसहरूले निर्वाचन मितिअघि मत खसालिसकेका छन् । त्यसैगरी फ्लोरिडामा ७३ लाख मानिसले अघि मतदान गरिसकेका छन् । प्रारम्भिक खसेका जुन मत संख्या छ यो संख्या २०१६ मा खसेको मतको ५८ प्रतिशत हो ।

यति धेरै मानिसले निर्वाचन मितिअघि मतदान गरे ?

परम्परागत मतदान विधिमा हजारौं मानिसहरू तोकिएको मितिमा सम्बन्धित मतदान केन्द्रमा घण्टौंसम्म लाइनमा उभिनुपर्ने हुन्छ । यो प्रक्रियाबाट मतदान दिँदा अहिलेको परिस्थितिमा भौतिक दूरी कायम गर्न अनुकुल हुने छैन ।

सबै राज्यहरूमा समान सुविधाको पहुँच हुँदैन र दूरी कायम गर्नेगरी कोठाहरूको व्यवस्था कायम गर्न कठिन हुन्छ । ३० राज्यहरूले उपस्थिति नभइकन नै मतदान गर्ने उचित व्यवस्था पनि मिलाएका छन् । केही राज्यहरूले व्यालेट ड्रपबक्सको व्यवस्थासमेत मिलाएको छ जसको कारणले मतदान केन्द्रसम्म मतदाताहरू जानुपर्दैन ।

केही राज्यहरूले इलेक्ट्रोनिक र हुलाकी माध्यमबाट समेत मतदान गर्न मिल्ने व्यवस्था मिलाएका छन् । मुलुकभन्दा बाहिर रहेका नागरिकलाई अमेरिकी निर्वाचन परियोजनाले त्यसरी नै व्यवस्था मिलाएको छ ताकि जो जहाँ छन् त्यहीबाट मतदान दिन सकोस् । क्यालिफोर्निया र कोलोराडोले सबै योग्य मतदाताहरूलाई मेल–इन मतपत्रहरूमा पठाइदिएका छन्, जसलाई युनिभर्सल मेल भोटिङ भनिन्छ ।

महामारीको समयमा संक्रमण फैलिन नदिनको मानिसहरूले बिशेष सर्तकतासाथ समय अगाडि नै आफ्नो मतदान दिनको लागि सक्रिय भएका छन् । यसरी अग्रिम खसेको मत विगत वर्षको तुलनामा यस वर्ष धेरै हो ।

स्रोतः सिएनएन न्युज