Rumpum Advertisement
Dazzu

विराटनगरमा झापाका दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरमा झापाका दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ कात्तिक । विराटनगरको नोबेल मेडिकल कलेजमा झापाका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार झापाको शिवसताक्षी नगरपालिका ३८ वर्षीय पुरुष र गौरादहका ८६ वर्षीय वृद्धको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार गौरादह– १० का ८६ वर्षीय पुरुष १३ कात्तिकमा भर्ना भएका थिए । उनलाई सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो । मुटुरोगी वृद्धको शुक्रबर दिउँसो २ बजे मृत्यु भएको हो ।

शिवसताक्षीका पुरुषलाई १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको हो ।