Rumpum Advertisement
Dazzu

बाँकेमा एकै दिन ७४ जना कोरोनामुक्त भए

बाँकेमा एकै दिन ७४ जना कोरोनामुक्त भए


नेपालगञ्ज, १४ कात्तिक । बाँकेमा शुक्रबार एकै दिन ७४ जना कोरोना संक्रमित निको भएका छन् ।निकाे हुनेमा ४८ पुरुष र २६ महिला छन् ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ सय ८६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

जिल्लामा कोरोना निको हुने दर ९०.५४ प्रतिशत रहेको छ । आइसोलेशनमा २ सय ६१ जना छन् । बाँकेमा हालसम्म ३ हजार ७७ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।