Rumpum Advertisement
Dazzu

पत्रकारलाई अर्थमन्त्रीको आग्रह : निरन्तर सुझाव र आलोचना दिनुस्

पत्रकारलाई अर्थमन्त्रीको आग्रह : निरन्तर सुझाव र आलोचना दिनुस्

काठमाडौं, १४ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रमा मिडियालाई चौथो अंगका रूपमा लिइने भएकाले सरकारका गतिविधिलाई निरन्तर नियालेर सुझाव र आलोचना दिन आग्रह गरेका छन् ।

पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा नेपाल पत्रकार महासंघका १३ बुँदे सुझावपत्र बुझ्दै मन्त्री पौडेलले मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्दत गर्ने धारणा व्यक्त गरे ।

मिडिया र पत्रकारलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी सरकार अघि बढ्ने बताउँदै उनले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा महासंघसँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने बताए ।

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको थियो । अध्यक्ष आचार्यले कोराना भाइरसले उत्पन्न गरेको जटिल स्थितिमा पनि अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानमा परेको प्रभाव र असरबाट उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न आग्रह गरेका थिए ।