Rumpum Advertisement
Dazzu

लक्षण नदेखिएका संक्रमितमा भाइरसविरुद्धको एन्टिबडी चाँडै हराउने

लक्षण नदेखिएका संक्रमितमा भाइरसविरुद्धको एन्टिबडी चाँडै हराउने

विराटनगर, १४ कात्तिक । लक्षण नदेखिएका अर्थात् एसिम्प्टोमेटिक कोरोना भाइरस संक्रमितको शरीरमा विकास भएको भाइरसविरुद्धको एन्टिबडी चाँडै हराउने देखिएको छ ।

पीसीआर परीक्षण गरेर कोभिडको संक्रमण पुष्टि भएकाको तुलनामा लक्षण नदेखिएका तथा संक्रमित भएको थाहा नै नभइ निको भएकाको एन्टीबडीमा चाँडै ह्रास आएको अध्ययनमा देखिएको हो ।

इम्पीरियल कलेज लन्डन र मार्केट अनुसन्धान फर्म इप्सोस मोरीले गरेको अध्ययनको निष्कर्षले पनि १८-२४ वर्ष उमेर समूहको ७५ वर्ष वा माथिकाको तुलनामा एन्टिबडीहरूको क्षति बिस्तारै हुने देखायो ।

जुनदेखि सेप्टेम्बरको बीचमा हजारौं मानिसको नमूनामा भाइरस एन्टिबडीहरूको व्यापकता एक चौथाईभन्दा बढी घटेको पाइएको थियो ।

यस अध्ययनमा ३ लाख ६५ हजार जथाभावी चयन गरिएका वयस्कहरूमा कोरोना भाइरस एन्टिबडीहरूको लागि तीन पटक परीक्षण गरिएको थियो ।

अध्ययनले निरन्तर भाइरसको सम्पर्कमा आउने स्वास्थ्यकर्मीको शरीरमा एन्टीबडी देखाएको छ ।