Rumpum Advertisement

‘कोरोनाविरुद्धको एण्टीबडी समयसँगै घट्दै जान्छ’

‘कोरोनाविरुद्धको एण्टीबडी समयसँगै घट्दै जान्छ’

विराटनगर, १४ कात्तिक । कोरोना भाइरसविरुद्धको एन्टीबडी चाँडोरुपमा घट्ने देखिएको छ ।

बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरसविरुद्ध शरीरमा विकास भएको प्रतिरोधी क्षमता समयसँगै घट्दै जाने देखिएको हो ।

भाइरसविरुद्धको प्रतिरोधी क्षमता दीर्घकालीनरुपमा नरहने संकेत अध्ययनले देखाएको हो । बेलायतमा कोभिडको पहिलो चरणको लहरपछि इपेरियल कलेज लन्डनका वैज्ञानिकको टोलीले मार्च र अप्रिलमा एन्टीबडीको बिषयमा अध्ययन गरेका थिए ।

जुनमा ६ प्रतिशत जनसंख्यामा एन्टीबडी पाइएकोमा सेप्टेम्बरमा घटेर ४.४ प्रतिशत पुगेको अध्ययनले देखिएको छ ।

अध्ययनका अनुसार दोस्रो लहरअघि धेरै जनामा संक्रमणविरुद्ध प्रतिरोधी क्षमता कम भएको छ । अध्ययनकर्ताको टोलीले समेत एकपटक संक्रमण भएर निको भएपछि पनि प्रतिरोधी क्षमता लामो समय नटिक्ने बताएका छन् ।

पीसीआर परीक्षण गरेर कोभिडको संक्रमण पुष्टि भएकाको तुलनामा लक्षण नदेखिए तथा संक्रमित भएको थाहा नै नभई निको भएकाको एन्टीबडीमा चाँडै ह्रास आएको अध्ययनमा देखिएको छ ।

युवा र ७५ वर्ष नाघेका मानिसको तुलनामा युवामा लामो समयसम्म एन्टिबडी बाँकी रहेको पाइएको थियो ।