Rumpum Advertisement
Dazzu

कोलकताद्वारा चेन्नईलाई १७३ रनको लक्ष्य

कोलकताद्वारा चेन्नईलाई १७३ रनको लक्ष्य

विराटनगर, १३ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकता नाइटराइडर्सले साविकको उपविजेता चेन्नई सुपरकिंग्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

बिहीबार टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभर खेल्दा ५ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

कोलकताका नीतिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले भने शुभमन गिलले २६ रन बनाए । दिनेश कार्तिकले २१ रन बनाउँदा कप्तान इयोन मोर्गानले १५ रन तथा रिंकु सिंहले ११ रन बनाए ।

चेन्नईका लुंगी नगिडीले २ विकेट लिँदा मिचेल सन्तर, रविन्द्र जडेजा र कर्न शर्माले समान १–१ विकेट झारे ।

यस खेलमा चेन्नईलाई हराएर काेलकता प्ले अफ यात्रा बलियो बनाउने दाउमा छ । चेन्नई भने कोलकतालाई हराउँदै पाँचौ जित निकाल्ने योजनामा छ ।

चेन्नई प्रतियोगिताको प्ले अफ होडबाट बाहिरिसकेको छ । चेन्नई १२ खेलमा ८ अंक जोडेर पुछारमा रहेको छ ।