Rumpum Advertisement
Dazzu

अमन अलीको ‘पहिलो पल्ट’ सार्वजनिक (भिडियोसहित)

अमन अलीको ‘पहिलो पल्ट’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १३ कात्तिक । गायक अमन अलीको ‘पहिलो पल्ट’ बोलको गीत सार्वजनिक भएको छ । अमनको आवाज रहेको सो गीतको कभर भिडियो युटुबमार्फत सार्वजनिक भएको हो ।

अमनको युटुब च्यानलमार्फत सार्वजनिक भएको सो गीतमा उनकै शब्द रहेको छ । विकेशकुमार शंकरको म्युजिक कम्पोजमा बनेको उक्त गीतको कभर भिडियो अमनले लिएर आएका हुन् ।

कभर भिडियोमा गायक अमनका साथै मिराज, सुजता, सर्फराज, जिशन, शाहरुख, शाहीद, असिफ, नीलनम, इन्ताज र शमसेरको अभिनय रहेको छ ।

शाहीद अलीको कोरियोग्राफी रहेको सो भिडियोको निर्देशन पनि गायक अलीले नै गरेका छन् । भिडियो सन्दीप सरदारको सम्पादनमा बनेको छ ।