Rumpum Advertisement
Dazzu

रक्सीले निम्तिने स्वास्थ्य समस्या

रक्सीले निम्तिने स्वास्थ्य समस्या

विराटनगर, १३ कात्तिक । रक्सीको सेवन स्वास्थ्यका लागि हानिकारक त छँदै छ । अत्यधिक रक्सी सेवनले बोली, मांशपेशी र मस्तिष्कलाई असर गर्न सक्छ ।

रक्सीले कुनै रोगबाट पिडित बिरामीको ज्यानलाई समेत जोखिममा पार्न सक्छ । रक्सी धेरै पिउँदा कमजोर प्रतिरक्षा, कलेजो, मुटु, पेट, मधुमेह, क्यान्सर तथा मस्तिष्कसम्बन्धी जटिलताहरू निम्त्याउन सक्छ ।

रक्सीले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएर विभिन्न रोग लाग्ने तथा विशेष गरी निमोनियाको जोखिमलाई बढाउँछ ।

रक्सीले ग्यास्ट्रिक साथै पेटमा समस्या र अल्सर निम्त्याउन सक्छ ।

पोषक तत्वको अवशोषणमा पनि बाधा पुर्‍याइ जलन बढाउने काम गर्न सक्छ ।

रक्सीको अत्यधिक सेवनले उच्च रक्तचाप निम्त्याउन सक्छ । जसकारण मुटुको चाल विस्तार हुने, मुटुको विफलता वा स्ट्रोकको जोखिम बढाउन सक्छ ।

अत्यधिक सेवनले कलेजोमा बोसो बढाउने (हेपाटिक स्टीटोसिस), कलेजो सुन्निने (अल्कोहोलिक हेपेटाइटिस), वा कलेजोमा क्षति र दाग (सिरोसिस) निम्त्याउन सक्छ ।

रक्सीको अत्यधिक सेवनले मुख, घाँटी, कलेजो, कोलोन र स्तन क्यान्सरको जोखिम बढाउँछ ।

रक्सीले रगतमा चिनीको मात्रामा समस्या ल्याए मधुमेहको जोखिम बढाउन सक्छ । रक्सीले स्नायु प्रणालीलाई असर गरि डिमेन्शिया, मेमोरी लस तथा मानसिक रोग समेत निम्त्याउन सक्छ ।

रक्सीको अत्यधिक सेवनले गर्भमा भएको बच्चालाई समेत समस्या पुर्‍याउँछ । रक्सीको सेवनले गर्भपात वा बच्चाको शारीरिक र विकासात्मक समस्या निम्त्याउन सक्छ ।