Rumpum Advertisement
Dazzu

आजबाट एकतर्फी सञ्चालनमा आयो तातोपानी नाका

आजबाट एकतर्फी सञ्चालनमा आयो तातोपानी नाका

सिन्धुपाल्चोक, १३ कात्तिक । गत २० असोजदेखि बन्द रहेकेा तातोपानी नाका बिहीबारबाट एकतर्फी सञ्चालनमा आएको छ ।

सामान बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सारमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

तत्कालका लागि तातोपानी नाकाबाट नेपालतर्फ आयात हुने पनि उनको भनाइ छ ।

नाका खुलेको संकेत स्वरूप आज एउटा मात्रै कन्टेनर नेपाल आएको र भोलिदेखि कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान नेपाली यार्डसम्म ल्याइदिने भन्सार कार्यालयले जनाएको छ ।

हिजैदेखि नाका खुला गर्ने सहमति भए पनि प्राविधिक कारणले कन्टेनर नेपाल आउन सकेको थिएन ।