Rumpum Advertisement
Dazzu

विराटनगरमा ३२ सहित प्रदेश १ मा थपिए १३४ संक्रमित

विराटनगरमा ३२ सहित प्रदेश १ मा थपिए १३४ संक्रमित

विराटनगर, १३ कात्तिक । प्रदेश १ मा बिहीबार १३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेहथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरङको विराटनगरमा ३२, बूढीगंगामा २, कानेपोखरी, सुन्दरहरैंचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुर र बिर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, तेह्रथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा आज ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आइसोलेशन र मारवाडी सेवा सदन आइसोलेशनबाट २५–२५, बैजनाथपुर आइसोलेशन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन् ।

हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।