Rumpum Advertisement
Dazzu

गुजरातका पूर्वमूख्यमन्त्री केशुभाइ पटेलको मृत्यु

गुजरातका पूर्वमूख्यमन्त्री केशुभाइ पटेलको मृत्यु

विराटनगर, १३ कात्तिक । गत सेप्टेम्बर महिनामा कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ भएका गुजरातका पूर्वमूख्यमन्त्री केशुभाइ पटेल ९२ वर्षको उमेरमा मृत्यु भएको छ ।

उनको नजिक काम गर्ने व्यक्तिमा संक्रमण देखिएपश्चात पटेलको समेत एन्टिजेन र आरटी–पीसीआर परीक्षणको गर्दा उनी पोजेटिभ देखिएका थिए । बिहीबार बिहानदेखि उनमा अचानक श्वासप्रश्वासमा समस्या देखा परेपश्चात उनलाई अस्पताल लगिएको थियो ।

पारिवारिक स्रोतअनुसार ‘उनमा स्वास्थ्य समस्या देखापर्नासाथ अस्पताल भर्ना गर्न लगिएको थियो ।

उनको अवस्था जटिल देखिएकाले उनलाई बचाउन सकिने सम्भावना कम रहेको चिकित्सकले बताएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको मृत्युपश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै लेखेका छन्, ‘हाम्रो प्रिय र सम्मानीत केशुभाइको मृत्यु भएको छ, म गहिरो दुःख र शोकमा छु । उनी समाजका एक प्रखर अगुवा थिए जसले समाजको हरेक तप्कालाई वास्ता पुर्‍याएको थियो । उनी गुजरातको प्रगति र शसक्तीकरणका लागि अति सर्मपित व्यक्ति थिए ।’

पटेलले सन् १९९५ र १०९८ देखि २००१ सम्म गुजरातमा मुख्यमन्त्रीको रूपमा सेवा गरे । ६ पटकसम्म गुजरात विधानसभा सदस्य भई सन् २०१२ मा भाजपा पार्टी परित्याग गरी गुजरात परिवर्तन पार्टी बनाए ।

२०१२ मा पार्टी कमजोर भएपछि २०१४ मा बिजेपीसँग नै बिलय भएको थियो । जुनागदह जिल्लाको भिसावादार शहरमा सन् १९२८ मा उनको जन्म भएको थियो । १९४५ पटेल राष्ट्रिय स्वंयमसेवक संगमा (आरएसएस)समेत सहभागी भएका थिए । जन संघमा एक स्वंयमसेवकको रूपमा आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाएका थिए ।