Rumpum Advertisement
Dazzu

रसियन क्लबमाथि चेल्सीको शानदार जित

रसियन क्लबमाथि चेल्सीको शानदार जित

विराटनगर, १३ कात्तिक । च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले शानदार जित निकालेको छ । बुधबार राति भएको समूह चरणको खेलमा चेल्सीले रसियन क्लब क्रान्सोडरमाथि ४–० गोलको जित निकालेको हो ।

क्रान्सोडरको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन कालुम हडसन–ओडोइ, टिमो वेर्नर, हाकिम जियाच र क्रिस्टियन पुलिसिकले समान १–१ गोल गरे ।

३७औं मिनेटमा हडसन–ओडोइले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६औं मिनेटमा वेर्नरले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

त्यसको तीन मिनेट नबित्दै जियाचले गोल गर्दै चेल्सीलाई ३–० गोलको अग्रता दिलाउँदा ९०औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई शानदार जित दिलाए ।

जितसँगै समूह ‘ई’को चेल्सीले दुई खेलबाट ४ अंक जोडेको छ । ऊ सो समूहको शीर्ष स्थानमा छ ।