Rumpum Advertisement
Dazzu

महामारीमा एकलाख २३ हजार नेपाली फर्किए

महामारीमा एकलाख २३ हजार नेपाली फर्किए

काठमाडौं, १२ कात्तिक । कोरोना महामारीको अवधीमा तेस्रो मुलुकबाट एक लाख २३ हजार नेपाली स्वदेश फर्किएका छन् । विभिन्न ३२ मुलुकबाट नेपाली फर्किएका हुन ।

कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका हुन ।

कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१ नेपाली स्वदेश फर्किएका छन् । थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, मलेसियाबाट १७ हजार ९२४ नेपाली स्वदेश फर्किएका छन् ।

युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन् ।