Rumpum Advertisement

बार्सिलोना र युभेन्टस भिड्दै, कसले मार्ला बाजी ?

बार्सिलोना र युभेन्टस भिड्दै, कसले मार्ला बाजी ?

विराटनगर, १२ कात्तिक । च्याम्पियन्स लिग अन्तरगत आज स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । दुई टोलीबीचको खेल आज राति १ः४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्टस स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रने सम्भावना छ । कोरोना संक्रमणका कारण रोनाल्डो हाेम आइसाेलेसनमा छन् ।

रोनाल्डोलाई अक्टोबर १४ मा कोरोना संक्रमण देखिएको थियो । पून परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि उनी मैदान बाहिर सम्भावना रहेकाे छ ।

युभेन्टसका प्रबन्धक एन्ड्रिया पिरलोले सञ्चारकर्मीसँगको कुराकानीमा रोनाल्डोको कोरोना जाँचको नतिजा पर्खिरहेको बताए । उनका अनुसार रोनाल्डोको मैदानमा उत्रने सम्भावना कम छ ।

रोनाल्डो मैदान बाहिर रहे अल्भारो मोराटा र पाउलो डिबालाको जोडीलाई अग्रपङतीमा उतार्नेछ ।

बार्सिलोनाबाट लियोनल मेस्सी मैदान उत्रदैछन् । बार्सिलाेनाकाे टिममा पिके र काैटिन्याे मैदान बाहिर रहनेछन् ।

मेस्सी र राेनाल्डाे चिर प्रतिद्वन्धि खेलाडी हुन । उनीहरू केही वर्षयता एक अर्का विरुद्ध मैदान उत्रिएका छैनन् ।