Rumpum Advertisement
Dazzu

हैदरावादको ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै

हैदरावादको ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै

विराटनगर, १२ कात्तिक । दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको सनराइज हैदरावादले इन्डियन प्रिमियर लिगको प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

मंगलबार दिल्ली मथि सानदार जित निकालेको हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको हो । हैदरावादको १० अंक छ ।

दिल्लीको सामना गर्दा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा दुई विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

कप्तान डेविड वार्नर र रिद्दीमान शाहले दिल्लीलाई आक्रमक र मबजुत सुरुआत दिलाए । वार्नरले ६६ रन बनाए भने शाहले सर्वाधिक ८७ रनको योगदान दिए ।

जवाफमा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३१ रन बनाउन सक्यो । दिल्ली तेस्रो स्थानमा रहेको छ ।