Rumpum Advertisement
Dazzu

बायर्न म्युनिखको अपराजित यात्रा कायमै, हारबाट जोगियो रियल मड्रिड

बायर्न म्युनिखको अपराजित यात्रा कायमै, हारबाट जोगियो रियल मड्रिड

विराटनगर, १२ कात्तिक । यूईएफए च्याम्पियन्स लिगमा जर्मन च्याम्पियन बायर्न म्युनिखले लगातार जित निकालेको छ । मंगलबार लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गरेको हो । बार्यनकाे याे लगातार १३औं जित हाे ।

बायर्नले खेलको १३ औं मिनेटमा लिओन गोरेट्जकाको गोलमा अग्रता लिएको थियो । बेन्जामिन पाभार्डको भली क्रसलाई उनले हेडरमार्फत गोल गरे ।

दोस्रो हाफको ७० औं मिनेटमा एन्टोन मिरान्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । ७९ औं बायर्नका लागि जोशुवा किमिखले गोल गर्दै अग्रता कायम गरे ।

ग्रुप एमा रहेको बायर्न २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । एटलेटिको ३ अंकसहित दोस्रो स्थानमा रहँदा मस्को र साल्जबर्गको १–१ अंक रहेको छ ।

मंगलबार राती समूह बी को खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड बोरुसिया मोन्चेनग्लाडबाकसँग बराबरीमा रोकिएको छ ।

बोरुसियामा भएको खेलमा रियल अन्तिम समयमा २ गोल गर्दै बराबरीमा रोकिएको हो ।

खेलको ३३ औं मिनेटमा घरेलु टोलीले मार्कस थुरामको गोलमा अग्रता लिएको थियो । खेलको ५८ औं मिनेटमा थुरामले नै अग्रता दोब्बर बनाएका थिए ।
तर खेलको ८७ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै २–१ को स्थीतिमा ल्याए । इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यासेमिरोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेले । यससँगै शाख्तर ४ अंकसहित शीर्षस्थानमा छ । ग्लाडबाक र इन्टर मिलानको २– २ अंक छ । रियल पुछारमा छ ।

समूह ‘सी’ मा अन्तरगत भएको खेलमा म्यानचेस्टर सिटीले मार्सेलाई ३–० ले हरायो । त्यसमा फेरान टोरेस, इलकेयी गुन्डोगन र रहिम स्टर्लिङले गोल गरे । सिटीको यो लगातार दोस्रो जित हो ।

यस्तै समूह ‘डी’ मा लिरभपुलले एफसी मिडत्जल्यान्डलाई २–० ले हरायो । समूहको अर्को खेलमा एटलान्टा र मार्सेले २–२ को बराबरी खेले ।