Rumpum Advertisement
Dazzu

३५ वर्षमा मानव मस्तिष्क शक्तिशाली

३५ वर्षमा मानव मस्तिष्क शक्तिशाली

विराटनगर, ११ कात्तिक । ३५ वर्षको उमेरमा मानव मस्तिष्कको शक्तिशाली हुने अध्ययनले देखाएको छ । ३५ वर्षमा शक्तिशाली हुने मस्तिष्क ४५ वर्षपछि क्रमश कम हुँदै जाने बताइएको छ ।

उमेर बढेसँगै मानव मस्तिष्कको सुधार हुने क्षमता हेर्नका लागी लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका अनुसन्धाताले १ सय ३० वर्षमा चेसको हजारौं खेलको अध्ययन गरेका थिए । प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित अध्ययनका अनुसार मानव मस्तिष्कको प्रदर्शन २० वर्षसम्म तीव्र गतिमा उकालो लाग्ने देखियो ।

साथै, ३५ वर्षको उमेरमा शिखरमा पुग्ने र ४५ वर्षपछि क्रमशः मस्तिष्कको क्षमता ओरालो लाग्दै जाने पाइएको छ । टोलीले मानव प्रजातिका रूपमा दिनदिनै थप बुद्धिमान हुँदै गएको बताएका छन् । सन् १८९० देखि २०१४ सम्म उवे सुन्दे र सहकर्मीले २४ हजारभन्दा बढी व्यावसायिक चेस खेलमा १६ लाखभन्दा बढी मुभको विश्लेषण गरेका थिए ।