Rumpum Advertisement
Dazzu

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

विराटनगर, ११ कात्तिक । भिटामिन डीको स्रोत सूर्यको प्रकाश हो । शरीरका भिटामिन डी को आवश्यक धेरै रहन्छ ।

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

छालामा घामको प्रकाश पर्दा यसले कोलेस्ट्रोलबाट भिटामिन डी बनाउँछ । शरीरमा क्याल्सियम र फास्फेटको अवशोषणका लागि यो एकदम महत्त्वपूर्ण छ । साथै, यसले दाँत र हड्डी बलियो राख्न मद्दत गर्छ । भिटामिन डीको कमीले हड्डी तथा मांसपेशी कमजोर हुने, रिकेट्स र अस्टियोपोरोसिस जस्ता स्वास्थ्य समस्या निम्त्याउछ ।

भेलेन्सियाको पोलिटेक्निक युनिभर्सिटी (युपीभी) का सौर्य विकिरण अनुसन्धानका समूहले गरेको अध्ययनका अनुसार बसन्त र ग्रीष्म ऋतुमा १० देखि २० मिनेट सूर्यको किरण प्राप्त गर्नु पर्याप्त हुन्छ । तर, भिटामिन डीको सिफारिस गरिएको मात्रा प्राप्त गर्नका लागि जाडोमा एक व्यक्तिले कम्तिमा २ घण्टा घाममा बस्नु पर्ने हुन्छ ।

जाडोमा १० प्रतिशत छाला मात्र सूर्यको किरणमा पर्ने हुँदा भिटामिन डी को पर्याप्त मात्रा प्राप्त गर्न लामो समय लाग्न सक्छ । गर्मी महिनामा शरीरको २५ प्रतिशत घाममा पर्ने हुँदा कम समय चाहिन्छ । साइन्स अफ टोटल इन्वायरोमेन्ट नामक जर्नलमा प्रकाशीत अध्ययनको निष्कर्षले अधिकतम भिटामिन डी प्राप्त गर्न घाममा बस्ने उत्तम समय बिहान १० देखि बेलुका ३ बजेको बीचमा हुने बताइएको छ ।