Rumpum Advertisement
Dazzu

नेकपाको चियापान कार्यक्रम स्थगित

नेकपाको चियापान कार्यक्रम स्थगित

काठमाडौं, ११ कात्तिक । कोरोना महामारीका कारण सत्तारुढ नेकपाले दसैंका अवसरमा आयोजना गर्दै आएको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित गरेको छ ।

महामारी बढ्दो क्रममा रहेको र सरकारले भीडभाड नगर्न आग्रह गरेका कारण नेकपाले कार्यक्रम स्थगित गरेको हो ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले मंगलबार विज्ञप्ति जारी गर्दै शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।