Rumpum Advertisement
Dazzu

बिहेमा गएका पुरुष हात खुट्टा काटिएको अवस्थामा फेला परे

बिहेमा गएका पुरुष हात खुट्टा काटिएको अवस्थामा फेला परे

घोराही,११ कात्तिक । दाङमा विवाहमा गएका एक पुरुष हात खुट्टा काटिएको अवस्थामा भेटिएका छन् । दाङको तुलसीपुरमा हात–खुट्टा काटिएको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक फेला परेका हुन ।

तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो हतियारले काटेको घाउ छ । अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।

विक गोलौरीमा भान्जाको बिहे खान भनि गएका थिए । आफ्नो घर फर्किँदै गर्दा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।