Rumpum Advertisement
Dazzu

तौल घटाउन कागती पानीमा कालो नुन

तौल घटाउन कागती पानीमा कालो नुन

विराटनगर,११ कात्तिक । मोटो पन घटाउनका लागि कागती पानी पिउन उत्तम मानिन्छ । खाली पेटमा बिहान कागती पानी पिउँदा बोसो घटाउने मद्दत गर्छ ।

भिटामिन सीको भण्डार मानिने कागतीमा क्यालोरीको मात्रा कम हुन्छ र यसमा एन्टिआक्सिडन्ट, भिटामिन र अन्य खनिज भरिएको हुन्छ । कागती पानीले पेट भरेको महसुस गराउनुका साथै, हाइड्रेटेड राख्छ, मेटाबोलिज्म बढाउँदछ र तौल घटाउन मद्दत गर्छ । कागती पानीमा कालो नुन थपेर पिएमा यो स्वास्थ्यको लागी थप लाभदायक हुन सक्छ ।

कागती पानीमा कालो नुन हालिएको पेय पदार्थले पाचनका समस्याहरू समाधान गर्छन् । यसले आन्द्रा चाल सहज बनाएर अपचको समस्या हुन दिदैन । यि दुबै तौल घटाउनका लागि आवश्यक छन् । आन्तरिक पाचन प्रणाली राम्रोसँग काम नगरेको खण्डमा तौल कम गर्न सकिदैन । यसले शरीरबाट नचाहिने विषाक्त पदार्थ हटाइ मेटाबोलिसम र तौल घटाउने प्रक्रियालाई बढावा दिन्छ ।

कालो नुन राखिएको कागती पानीले पनि पाचन प्रणालीको पिएच स्तरलाई कायम गर्न मद्दत गर्छ । यसले एसिडिटी, छाला रोग, अस्टियोपोरोसिस र बाथको समस्या कम गर्न समेत सहयोग पुर्याउँछ ।

कालो नुनको सेवनले खाएको खानाबाट पाइने पोषणबाट थप पोषकहरू लिन मद्दत गर्छ । एन्टिक्सिडन्टले भरिपुर्ण कागती पानी र कालो नुन मिश्रित पेयले उच्च रक्तचाप, कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न र रक्तनलि भित्र रगत जमाउन रोक्न सक्छ ।

एक गिलास पानी (सामान्य वा तातो, चिसो पानीबाट टाढा रहनुहोस्)मा कागतीको रस र एक चिम्टा कालो नुन राख्नुहोस् ।

यसलाई राम्रोसँग मिलाएर बिहान सबेरै वा खानाखाए पछि पिउन सकिन्छ । तौल घटाउनका लागी यो पेयले केवल सहयोग गर्छ । तौल अटाउनका लागी स्वस्थ आहार र व्यायाम नै सबै भन्दा आवश्यक हुन्छ ।