Rumpum Advertisement
Dazzu

सिरियाको इदबिल प्रान्तमा हवाई हमला हुँदा ५० जनाको मृत्यु

सिरियाको इदबिल प्रान्तमा हवाई हमला हुँदा ५० जनाको मृत्यु

विराटनगर, ११ कात्तिक । सिरियाको इदलिब प्रान्तमा हवाई हमलामा ५० भन्दा बढीको मृत्यु भएको छ । रुसी बिमानको हमलामा टर्की समर्थित लडाकुको मृत्यु भएको हो । घटनामा अन्य धेरै घाइते भएका छन् ।

इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा रहेको फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो ।

आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विरामको उल्लङघन भएको बीबीसीले जनाएको छ । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षलाई समर्थन गरेका छन् ।