Rumpum Advertisement
Dazzu

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ११ कात्तिक । झापामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सोमबार शिवसताक्षी नगरपालिका १ स्थित पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थानका ५१ वर्षीय पक्तामाईला चेम्जोङको मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकलको नम्बर खुलेको छैन् । चालक र मोटसाइकलको खोजी जारी रहेको
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।