Rumpum Advertisement

उर्लाबारीमा दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

उर्लाबारीमा दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

विराटनगर, ११ कात्तिक । मोरङको उर्लाबारीमा मोटरसाइकल र स्कुटर ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

सोमबार उर्लाबारी नगरपालिका– ८ स्थीत भित्री सडक–खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको अन टेष्ट लेखिएको स्कुटर र दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को ५प १३५२ नम्बरको मोटरसाइकल ठक्करलागी दुर्घटना हुँदा

मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका– ५ का ५४ वर्षीय डिल्लीराम पौडेलको मृत्यु भएको हो । हात,खुट्टामा चोट लागेको अवस्थामा उनलाई गोदावारी अस्पताल उर्लाबारी भर्ना गरिएको थियो । उनलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा भर्ना गरिएको थियो । नोबेलमा उपचारका क्रममा सोही दिन बेलुका मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक झापा दमक नगरपालिका–३ का २० वर्षीय उज्वल थापा र उनो आमा ५१ वार्षीय राधिका दाहाल घाइते भएका छन् । दुवैजनाको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचार भई रहेको छ ।