Rumpum Advertisement

सर्वसाधारणलाई खुलामञ्चमा दसैंको टीका

सर्वसाधारणलाई खुलामञ्चमा दसैंको टीका

काठमाडाैं, १० कात्तिक । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।

१४ चैतबाट कोरोना भाइरसका कारण अलपत्र नागरिहरूलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैंको अवशरमा सर्वसाधारणलाई टीका लगाएको हो । खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिमले दसैंको अवसर पारेर टीका लगाइदिएको हो ।

लकडाउन सुरु भएदेखि बाटोमा खाना खवाइरहेको हाम्रो टीमले दसैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टिमले सरकारको कमी पूरा गरेको सर्वसाधारणले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टिमलगायका संस्थाहरूले संक्रमणको चपेटामा परेकाहरूलाई उद्धार गरिरहेको उनीहरूको भनाइ छ । हाम्रो टिमलगायतका संस्थाहरूको पहलले ओली सरकारलाई झापड हानेको सर्वसाधारण भनाइ छ ।

हाम्रो टिम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुबाको हातको आशिर्वादभन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरूलाई टीका लगाएर दसैं मनाउँदा सन्तुष्टि मिलेको बताए ।

कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरू रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए ।