Rumpum Advertisement
Dazzu

दसैंले नेपालीको राम्रो भाग्य ल्याओस् : भारतीय राजदूत क्वात्रा

दसैंले नेपालीको राम्रो भाग्य ल्याओस् : भारतीय राजदूत क्वात्रा

विराटनगर, १० कात्तिक । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरूलाई बडादसैंको शुभकामना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् शुभकामना दिँदै उनले दसैंले नेपालीहरूको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनी कामना गरेका छन् ।

‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस्,’ नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन् ।