Rumpum Advertisement
Dazzu

रंगेलीका मेयरलाई कोरोना संक्रमण

रंगेलीका मेयरलाई कोरोना संक्रमण

रंगेली,१० कात्तिक । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बगडीयाले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परिक्षण गराएका थिए । साेमबार पाेजेटिभ रिपाेर्ट आएकाे हाे ।

कोरोना पुष्टी भएपछि उनी होम आईसोलेसनमा बसेका छन् । मेयरले आफुलाई सामान्य जिउ दुख्ने र खोकी लाग्ने समस्या रहेको बताए ।

रबिन्द्र बरालकाे सहयोगमा