Rumpum Advertisement
Dazzu

संक्रिय संक्रमितको संख्या एक करोड नाघ्यो

संक्रिय संक्रमितको संख्या एक करोड नाघ्यो

विराटनगर । विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४ लाख ५२ हजार संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक करोड एक लाख ३ हजार नाघेको हो ।

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड २९ लाख १८ हजार पुगेको छ । संक्रमित मध्ये ३ करोड १६ लाख कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणका कारण ११ लाख ५४ हजारको मृत्यु भएको छ ।

वल्डोमिटरको तथ्याङक अनुसार कोरोनाबाट प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ७९ कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा ८८ लाख २७ हजार ९३२ संक्रमित पुगेका छन् ।

अमेरिकामा दुईलाख ३० हजारको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार संक्रमित थपिएका छन् ।

कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५३ लाख ८१ हजार पुगेको छ । ब्राजिलमा संक्रमणका कारण १ लाख ५६ हजारको मृत्यु भएको छ ।