Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणका कारण कांग्रेस मोरङका नेता मण्डलको मृत्यु

कोरोना संक्रमणका कारण कांग्रेस मोरङका नेता मण्डलको मृत्यु

विराटनगर, ८ कात्तिक । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ ।

नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका ८ का मण्डललाई उपचारका लागि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा शनिबार बेलुका मृत्यु भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

सामाजिक क्षेत्रमा सक्रिय मण्डलको अवस्था गम्भिर भएपछि विराटमा उनको प्लाज्मा थेरापी विधीबाट उपचार सुरु गरिएको थियो । उपचारका क्रममा उनकाे शनिबार बेलुका मृत्यु भएको हाे ।